उत्पादन

घरायसी माटोको सुधारिएको चुलो

पेटेन्ट गरिएको एयर सप्लाई डिस्क बर्नरसहितको हाम्रो मुख्य चिम्नी चुलो, एकै नापको साँचोबाट स्थलमै निर्माण गरिने।

इँटाको भान्सामा जडान गरिएको चिम्नीसहितको घरायसी चुलो

परिचय

यस चुलोबारे

मातृभूमि घरायसी चुलो नेपाली परिवारले खाना पकाउने तरिका (दाल–भात, तरकारी, सेल रोटी, पानी तताउने) र गाउँमै पाइने सामग्रीलाई आधार बनाएर डिजाइन गरिएको हो। बाहिरी संरचना माटोको हुन्छ, तर यो माटोले मात्र बनेको चुलो होइन — भित्र फलामको संरचना र पेटेन्ट गरिएको एयर सप्लाई डिस्क बर्नर राखिन्छ।

बर्नरमाथि मुख्य मुख र बाँकी तापबाट खाना वा पानी तताउने दोस्रो मुख हुन्छ। सेकेन्डरी हावा प्वालले दहन सुधार्छ र खरानी निकाल्न पनि प्रयोग हुन्छ, अनि चिम्नीले धुवाँ भान्साबाहिर निकाल्छ।

प्रयोग

  • ग्रामीण तथा सहरी परिवारका भान्सा
  • माटो, ढुङ्गा तथा पक्की घर
  • सरकारी तथा विकास साझेदारका स्वच्छ खाना पकाउने कार्यक्रम

मुख्य फाइदा

  • RETS परीक्षणमा NIBC 2016 का सबै सूचक पूरा
  • चिम्नीले धुवाँ भान्साबाहिर निकाल्छ
  • स्थानीय सामग्री प्रयोग; गाउँमै मर्मत गर्न सजिलो
  • स्थानीय प्राविधिकलाई रोजगारी

फोटो