एयर सप्लाई डिस्क: प्रज्ञा–प्रतिष्ठानको पुरस्कारदेखि पेटेन्ट दर्तासम्म
हरेक मातृभूमि चुलोको मुख्य अंग बर्नरले मोहनध्वज बस्नेत प्रविधि प्रज्ञा पुरस्कार पायो र उद्योग विभागमा पेटेन्ट दर्ता भयो।

एयर सप्लाई डिस्क मिलाएर बनाइएका प्वाल र हावा जाने नलीसहितको धातुको डिस्क हो, जसले बल्दै गरेको इन्धनसम्म हावा पुर्याएर दहन सुधार्छ र ताप भाँडातर्फ केन्द्रित गर्छ।
यसको विकासबापत नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले विकासकर्ता मधुकर केसीलाई मोहनध्वज बस्नेत प्रविधि प्रज्ञा पुरस्कार (वि.सं. २०६५/६६) प्रदान गरेको हो। पुरस्कारको उल्लेखअनुसार यो प्रविधिले दाउराको खपत ६० प्रतिशतसम्म घटाउँछ।
पछि उद्योग विभागले "An Air Supply Disc for Improvise Mud Stove" लाई पेटेन्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ अनुसार दर्ता गर्यो (प्रमाणपत्र नं. ७६-०७४/७५, मिति २०७५/०२/२९)।